नेपालले भने : ज्ञानेन्द्र शाहसँग सम्झौता भएको थिएन, नपत्याए गिरिजाबाबुलाई सोध्न गए हुन्छ

107
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुनैपनि सम्झौता नभएको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित प्रेस चौतारी नेपालको कार्यक्रममा नेपालले तत्कालिन समयमा एमालेको तर्फबाट आफु र नेपाली कांग्रेसको तर्फबाट सभापति गिरिजाप्रसाद कोइराला प्रत्यक्ष सहभागि भएको उल्लेख गर्दै राजासँग सम्झौता नभएको बताएका हुन् ।

‘तत्कालिन समयमा राजासँग कुनै सम्झौता भएको छैन, म र गिरिजाबाबु राजालाई बिहिर्गमन गराउँन प्रत्यक्ष सहभागि थियौ । ’ नेपालले ठ्यट्यौली शैलीले अघि भने, ‘ मेरो विश्वास लाग्दैन भने गिरिजाबाबुलाई सोध्न गए हुन्छ । ’

यसअघि पूर्वराजा ज्ञानन्द्रले दलहरुले आफुसँग गरेका सम्झौता पलाना नगरेको भन्दै वक्तव्य निकालेका थिए । वक्तव्यमा कस्तो किसिमको सम्झौता भन्ने खुलाइएको थिएन ।

कार्यक्रममा नेता नेपालले एमाओवादीको आन्दोलनले प्राप्त उपलब्धि नै गुम्ने खतारा बढेको बताए । गणतन्त्र, संघीयतालाई संस्थाथन गर्नको लागि लाग्न भन्दा आन्दोलनमा लाग्नले गणतन्त्रवादीलाई घाटा पुग्ने नेपालको भनाई थियो ।


  •  
  •  
  •