संविधान निर्माणको विषयमा नेता नेपालसँग डेनिस राजदूतको चासो

69
  •  
  •  
  •  

काठमाडौं,  २ माघ, (ओएनएस) :  नेपालका लागि डेनमार्कका राजदूत किस्र्टन जिलान र पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालसँग भेटवार्ता भएको छ ।  नेपाल निवास कोटेश्वरमा भएको भेटमासंविधान निर्माण प्रक्रिया, दलहरुबीचको सहमति प्रयास तथा डनेमार्क–नेपाल सम्बन्धका विषयमा वार्ता भएको थियो ।

डेनमार्कका राजदूतले नेपालमा संविधान निर्माणका सन्दर्भमा अहिले देखिएका समस्या, संविधान निर्माण गर्ने माघ ८ गतेको नजिकिदो समयसीमा, जनतामा उत्पन्न निराशा र सहमतिको संभावना जस्ता विषयमा जिज्ञासा राखेका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले दलहरुबीच रहेका असमतिका चार विषयमा दलहरुका अडान तथा नेकपा (एमाले)को दृष्टिकोण, सहमतिको प्रयास तथा संविधान निर्माण गरी जनतामा उत्पन्न निराशालाई अन्त्य गर्न भैरहेका प्रयत्नहरुका बारेमा जानकारी गराए ।

संविधान निर्माण गरी देशलाई आर्थिक प्रगतिको बाटोमा अगाडि बढ्न ढिला भैसकेको र यसैकारण जनतामा निराशा उत्पन्न हुँदै गएको कुरा उल्लेख गदै उनले सहमतिका लागि अधिकतम प्रयत्न भैरहेको तर जनताको चाहना र समयको सीमालाई सबैले बुझ्नै पर्ने भएकोले सोही आधारमा बाँकी समयमा छलफलहरु अगाडि बढाइने कुरा उल्लेख गरे ।


  •  
  •  
  •