सरकार गठन र नेतृत्वमा कुनै विवाद छैन : एमाले बरिष्ठ नेता नेपाल

394
  •  
  •  
  •  

काठमाडौं,२९ मंसिर (ओएनएस) :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको  तथा सरकार निर्माणको कार्य सुरु भइसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले बिरगंजमा गरेको संयुक्त पत्रकार सम्मेलनमा नेता नेपालले वाम गठबन्धनको बहुमत आइसकेकाले सरकार गठनको तयारी शुरु भइसकेको बताए ।
उनले कामचलाउ भइसकेको सरकारले गरेको निर्णय आफूहरुले मान्नु पर्ने कुनै बाध्यता नभएको पनि प्रष्ट पारे ।
संबैधानिक बाध्यताका कारण कुनै नियुक्ति गर्नै पर्ने भए छलफल गरेर मात्रै निर्णयमा पुग्नु पर्ने उनको जोड थियो ।

बरिष्ठ नेता नेपालले भने ‘देउवा नेतृत्वको सरकारले कुनै पनि नियुक्ति, सरुवा, बढुवा गर्न मिल्दैन, गर्नैपर्ने संवैधानिक बाध्यता छ भने पनि सरकार बनाउने तयारीमा रहेको वाम गठबन्धनसँग सल्लाह गरेर गर्नुपर्छ, अन्यथा निर्णय मान्न बाध्य हुने छैनौं’ ।

जित्नु ठूलो नभएर जीतपछि जिम्मेवारी पुरा गर्ने योग्यता र क्षमता प्रस्तुत गर्नु ठूलो कुरा भएको बताउँदै बिकास र समृद्धिमा बाम गठबन्धनको ध्यान केन्द्रीत हुने उनको भनाइ रहेको थियो ।
तराई मधेसको विकासका लागि हुलाकी राजमार्गमा १० वटा नयाँ शहर बनाउने, रेल निर्माणको अभियान सञ्चालन गर्ने र उत्तर दक्षिण सडकहरु बनाउने योजनामा आफु प्रतिबद्ध रहेको बताएका छन् ।


  •  
  •  
  •