उत्तर कोरियाली नेता किमलाई नेपालको सुझाव– शान्तिको बाटो अपनाउनुहोस्

241
  •  
  •  
  •  

madhav nepal

काठमाडौं, ३ भदौ (ओएनएस) : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले उत्तर कोरियाली नेता किम जोङ–उनलाई परमाणु भन्दा शान्तिको बाटो अपनाउन सुझाव दिएको बताएका छन् ।

एसियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया गएका बेला भएको भेटमा नेता नेपालले किम जोङसंगको भेटमा आफूले वार्ता मार्फत शान्तिको बाटो अपनाउन आग्रह गरेको बताएका हुन् ।

उत्तर कोरियाको भ्रमण सकेर आज स्वदेश फर्किने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नेपालले कोलियाली प्रायद्विपमा बढ्दै गएको तनाव अन्त्यका लागि नेपाल शान्तिको पक्षमा रहेको बताएको जानकारी दिए ।

सोही क्रममा उनले देशमा प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक दुई चरणमा गर्ने गरि तीन दलबीच भएको निर्णय स्वागतयोग्य भएको बताएका छन् । सम्मेलनका लागि एमालेका नेता नेपालसँगै माओवादीका हरिबोल गजुरेल र संघीय समाजवादी फोरमकी छाया शर्मा गएका थिए ।


  •  
  •  
  •