‘मोर्चाद्वारा सतीप्रथा फर्काउने प्रयास’

257
  •  
  •  
  •  

काठमाडौँ, ४ पुष(ओएनएस) : एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले मधेसी मोर्चाले सती प्रथा फर्काउने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा प्रेस चौतारीले आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले राष्ट्रपति विद्या भण्डारीले पूजा–अर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर चोख्याउने नाममा शुक्रबार गंगाजल छर्किएर मधेसी मोर्चाले सामन्ती व्यवस्थाको झल्को दिएको आरोप लगाएका हुन् ।

मोर्चाले विधवाले मन्दिरभित्र गएर पूजा–अर्चना गर्न नपाइने धार्मिक मान्यतामा टेकेर राष्ट्रप्रमुख र आम महिलाको समेत अपमान गरेको बताएका छन् । उनले उक्त घटनालाई अमानवीय भएको भन्दै मधेसी मोर्चाले यस विषयमा एक शब्द नबोकेको बताए । उनले मधेसी नेताहरूले कस्ता कार्यकर्ता जन्माएछन् भनेर सोच्ने बेला आएको बताए । मोर्चाका कार्यकर्ताले गरेको घृणित कामबाट प्रगतिशील मधेसी जनताकोसमेत अपमान भएको बताए ।


  •  
  •  
  •