‘जनताको भावना विपरित सीमांकन अमान्य’

262
  •  
  •  
  •  

विराटनगर, १८ पुस(ओएनएस) : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनाको भावनाविपरित प्रदेशनको सीमांकन गर्न नसकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सीमांकन परिवर्तन या हेरफेर सम्बन्धित क्षेत्रका जनताको भावना अनुरूप गरिनुपर्ने बताएका छन् । उनले भारतलाई चित्त बुझाउने नभई नेपालका सबै राजनीतिक दल तथा जनताको चित्त बुझ्ने गरी सीमांकनको टुङ्गो लगाउनु पर्ने बताएका छन् । उनले यसका लागि राजनीतिक समिति गठन गरेर ३ महिनामा सो काम गर्न सकिने भनाई राखेका छन् ।

उनले मधेसी मोर्चासँग निरन्तर छलफल भइरहेको बताउँदै चाँडै सहमति हुने बताएका छन् । उनले मोर्चासँग जहाँ भेट्यो त्यही वार्ता भइरहेको जानकारी दिँदै निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

वरिष्ठ नेता नेपालले मन्त्रालय फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई कसैले मन नपराएको बताएका छन् । उनले सरकार सञ्चालनका लागि राज्य मन्त्री तथा सहायक मन्त्री थप्ने कुरा अव्यवहारिक नभए पनि मन्त्रालय फुटाउने काम भने उचित नभएको भनाई राखेका छन् ।


  •  
  •  
  •