विपक्षी मोर्चाको कार्यक्रममा माधव नेपाल प्रमुख वक्ता

105
  •  
  •  
  •  

madhavरौतहट, ७ फागुन(ओऐनएस) : सत्तासिन दल नेपाली कांग्रेस र नेकपा एमाले विरूद्ध एमाओवादी नेतृत्वको विपक्षी मोर्चा आन्दोलनमा छन् । नेताहरू आफ्नो कार्यक्रममार्फत एकअर्का प्रति आरोप प्रत्यारोप गरिरहेका छन् । तर, बिहीबार रौतहटमा भने दृश्य अलि फरक देखियो । एमालेका नेता माधव कुमार नेपाल विपक्षी मोर्चाको कार्यक्रममा प्रमुख वक्ताका रूपमा देखिए ।

रौतहट सदरमुकाम गौरमा बिहीबार मोर्चाका कार्यकर्ताहरूले गरेको कार्यक्रमलाई नेपाललाई अतिथिका रूपमा बोलाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सहमति हुन नसक्नु चिन्ताको विषय भएको बताए । नेता नेपालले लोकतन्त्र विरोधी शक्तिहरुको चलखेलका कारण गणतन्त्रमाथि कालो बादल मडारिरहेको बताए । मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने जिकिर गर्दै नेता नेपालले जनताको भावनालाई आत्मसाथ गरी अघि बढ्न र संविधान जारी गराउने कार्यमा सबैको सकारात्मक एवं रचनात्क सहयोगबिना सम्भव नभएको बताए ।

३० दलीय मोर्चाका संयोजक प्रचण्डसँग राजनीतिक निकासबारे साकारात्मक कुरा भएको नेता नेपालले बताए । प्रचण्डसँग भएको कुराकानीबाट आफूलाई आशा पलाएको भन्दै नेता नेपालले सहमति नभए आपसी द्धन्द्ध बढ्न जाने खतरा रहेको र सोबाट शक्ति परीक्षण मात्र हुने भएकोले छिटो भन्दा छिटो सहमति गरी नेपाली जनतालाई संविधान दिनु जरूरी रहेको बताए ।

संविधानसभाले नेपाली जनताको चाहना अनुसारको संविधान दिन नसके प्रतिगामी शक्तिहरुको चाहना अनुरुप संविधानसभा असफल हुन जाने खतरा रहेको नेता नेपालको बुझाई रहेको छ ।

मोर्चाको तर्फबाट उपस्थित भएका सभासद अशोक जयसवाल लगायत मोर्चाका नेता एवं कार्यकर्ताहरुलाई नेता नेपालले संविधान बनाउने कार्यमा आ-आफ्ना नेताहरुलाई सल्लाह दिन आग्रह गरे ।


  •  
  •  
  •