स्थानीय निकायको निर्वाचनमा लाग्न नेता नेपालको निर्देशन

302
  •  
  •  
  •  

काठमाडौँ, ११ बैशाख(ओएनएस) : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा नेता नेपालले स्थानीय निकायको निर्वाचन भएर प्रतिनिधी नचुनिँदा विकास निर्माणको कामले गति लिन नसकेको बताएका छन् । यसका साथै भष्ट्राचार नियन्त्रणका लागि गर्न पनि निर्वाचन जरूरी रहेको उल्लेख गरेका छन् ।

उनले प्रान्तीय, स्थानीय र केन्द्रीय निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताएका छन् । स्थानीय निकायमा जाने बजेटको सदुपयोग गर्न र जनपक्षीय काम गर्न आग्रह गर्दै नेता नेपालले अन्य दलले गर्ने गलत काम र प्रवृत्तिको भण्डाफोर गरेर अगाडि बढ्नसमेत कार्यकर्तालाई आग्रह गरे ।

नुवाकोट बिस्तारै आर्थिक केन्द्रका रुपमा विकास हुँदै गएको बताउँदै उनले रसुवा–केरुङ सडकखण्डको स्तरोन्नति र चिनियाँ रेलसमेत सोही जिल्ला भएर आउने भएको तथा पेट्रोलियम पदार्थको भण्डारणका लागि नुवाकोट छानिएकामा खुसी व्यक्त गरे।


  •  
  •  
  •