एमाले सात प्रदेशकै अडानमा

288
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस) : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विभिन्न जातजातीको विशिष्ठता र भावनालाइ समेत सम्मान गर्नेगरी संघीयतामा जानुपर्ने बताएका छन् । राज्यपुर्नसंरचना गर्दा अधिकतम ७ प्रदेश बनाउन उपयुक्त हुने उनको सुझाव छ ।

तत्कालिन राज्यपुर्नसंरचना समितिको प्रतिवेदनमाथी संविधानसभा जारी छलफलमा मंगलवार भाग लिँदै नेता नेपालले पहिचानका पाँच र सामर्थका ४ आधारलाइ आधार बनाएर ७ प्रदेश बनाउन उपयुक्त हुने धारणा राखे । संघीयताले सबै जातजातीको एकतालाइ पनि ध्यानमा राखेर पुर्नसंरचना गर्नुपर्ने उनको भनाइ छ ।

राज्यको पुर्नसंरचना गर्दा आवेगवाट मुक्त भएर पहिचान, सम्मान र प्रतिनिधित्वको प्रश्नलाइ उचित ढंगले संवोधन गर्नेगरी राज्यको पुर्नसंरचना गर्नुपर्ने नेता नेपालले बताए । संघीयता सम्बन्धमा उठेका प्रश्नलाइ संवोधन गर्नेगरी भौगोलिक क्षेत्रको समेत संवोधन गर्नेगरी प्रदेश निर्माण गर्नुपर्ने बताए । ।

२०६९ जेठ २ गते भएको सहमति कार्यान्वयन भएको भए संविधान जारी गरेर देश समृद्धिको चरणमा प्रवेश गरिसकेको हुने सक्ने उनको दावी थियो । नेता नेपालले आफू बलियो हुँदा प्रक्रिया भन्ने र कमजोर हँदा सहमति नभइ हुदैन भन्ने एकीकृत माओवादीको भनाइ संविधान निर्माणका लागि बाधक भएको टिप्पणी गरे ।

अन्तिम मितिसम्म पनि सहमतिका लागि पहल गर्ने सहमति नभए प्रक्रिर्यामा गएर भएपनि समयमै संविधान दिनुपर्ने नेता नेपालले बताए । राज्यपुर्नसंरचना समितिको प्रतिवेदनमाथी यसअघि दलका सबैजसो शीर्ष नेताले धारणा राखिसकेका छन् ।


  •  
  •  
  •