माधव नेपालले कसलाई भने “सुपर डन” ?

137
  •  
  •  
  •  

धनुषा, २ असार (ओएनएस) । नेकपा एमालेको महाधिवेशन मिति नजिकिँदै जाँदा नेताहरु एकाअर्कालाई विभिन्न विशेषणबाट पुरकारी रहेका छन् । नेताहरुलाई विशेषण भिडाउनेक्रम तिब्ररुपमा अगाडी बढिरेका बेला अध्यक्षका आकांक्षी तथा वरिष्ठ नेता माधवकुमार नेपालले  केही नेतालाई सुपर डन भनेका छन् । उनले पार्टीभित्र आफूलाई सुपर डन ठान्नेहरुलाई आगामी महाधिवेशनबाट हराउनुपर्ने बताए ।

यसअघि राजधानीमा भएको एक कार्यक्रममा उपाध्यक्ष वामदेव गौतमले नेपाललाई उठ्नै नसक्ने गरी हराउनुपर्ने बताएका थिए । नेपालको यो भनाई गौतमप्रति रहेको बुझ्न कठिन छैन ।

प्रेस चौतारी नेपाल धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, “सुपर डन ठानेर गल्ती गर्ने व्यक्तिहरु पाखा लाग्नेछन् ।” उनले युवा तथा पुराना पुस्ताले आफूलाई अध्यक्षमा उठ्न आग्रह गरेकाले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।


  •  
  •  
  •