सरकार र मधेसी मोर्चाबीच आज ठोस वार्ता

192
  •  
  •  
  •  

काठमाडौं १९ असोज (ओएनएस) :

सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच आज वार्ता हुने भएको छ । आज विहान १० बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा हुने वार्तामा मधेसी मोर्चाले विभिन्न १७ बुँदे संसोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ। १७ बुँदे संसोधन प्रस्ताव मोर्चाले सरकारी वार्ता टोलीसँग राख्ने भएको छ । नयाँ संविधानका विभिन्न धारा तथा उपधारामा संशोधनका बुँदा औपचारिक रूपमा बाहिर ल्याएका छन् । संविधान संशोधनका १७ बुँदा उनीहरूले अगाडि सारेका हुन् ।

मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीको हिजो सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँगको संसोधन प्रस्ताव तयार गरेको वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

१७ वटा बुँदामा संविधानको धारा र उपधारासहित व्याख्या गरेर कहाँ कुन–कुन बुँदा थपघट गर्नुपर्ने भन्ने उल्लेख छन् ।

उनका अनुसार मोर्चाले सीमाकंन, राज्यपुर्नसंरचना, समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेलगायतका माग पेश गर्ने तयारी गरेको उनले बताए। मोर्चाले आइतबार सरकार र तीन दलसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोली गठन गरेको थियो। तीन दलले यसअघि नै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ।


  •  
  •  
  •