एमालेसँग बिच्किएका मधेसी दल छुट्टै छलफलमा

319
  •  
  •  
  •  

rajenrda mahatoकाठमाडौं २६ पुस (ओएनएस) : एमालेसँगको सँबन्धमा चिसो आएपछि मधेसी मोर्चामा रहेका दलहरु छुट्टै छलफलमा जुटेका छन् । उनीहरु राज्यपुनर्संरचना अन्र्तको मधेस प्रदेशका विषयमा धारणा बनाउने तयारमिा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेको विषयमा माफि नमागेसम्म एमाले सहभागि बैठकमा नजाने उनीहरुको अडान छन् । ३ दलसँगको छलफल अस्वीकार गर्दै आएको मधेसी मोर्चाले पनि आज छुट्टै छलफल गर्नेछ ।

सद्भावना पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह हुने छलफलमा प्रमुख ३ दलसँगको छलफलमा जाने नजाने तथा आफूले उठाएको मुद्दामा कसरी लैजानेलगायत विषयमा छलफल हुनेछ ।

वैठकमा सहभागि नहुने अडानले मधेसी मोर्चाका एजेण्डामा प्रमुख दलमा छलफल हुन नसक्दा आफैलाई द्धाटा लागेको केहीको निस्कर्ष छ । तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने ओलीले माफि नमागेसम्म सहभागि नहुने अडान मोर्चाको बैठकमा पनि राखेका छन् । एमाले अध्यष ओलीले भने बाचुन्जेल माफि नमाग्ने बताएका छन् ।


  •  
  •  
  •