पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमण फागुन २९ देखि

355
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण कार्यक्रम सार्वजनिक भएको छ ।
पूर्वराजाका प्रेस संयोजक फणि पाठकले सोमबार मधेस भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् ।


पाठकले पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट शुरु बताए । भ्रमणका क्रममा शाह सर्लाही, उदयपुर र सप्तरी जिल्लासम्म पुग्नेछन् ।

२९ गते जनकपुरमा बास बसेर पूर्वराजा फागुन ३० गते सर्लाहीको मंगलवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । उनी त्यहाँबाट बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
फागुन २२ गते नै हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या आएपछि स्थगन भएको थियो ।


  •  
  •  
  •