‘प्रदेशको संख्यामा मधेशी दलहरु सम्झौता गर्न तयार छन्’ : गच्छादार

243
  •  
  •  
  •  

bijayaकाठमाडौ, १८ मंसिर (ओएनएस) : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संविधानका विवादित विषयहरुमा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले छिट्टै साझाधारणा ल्याउने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले मधेसी मोर्चाले सहमतिको लागि साझा प्रस्ताव ल्याउन लागेको स्पष्ट पार्दै अब संविधान निर्माणका हरेक विषयमा मोर्चा एक भएर बढ्ने पनि बताए ।

गच्छदारले मधेसी जनअधिकार फोरम नेपालले ल्याएको मधेशमा एक प्रदेश सहितको नौ प्रदेशको अवधारणा मोर्चाको नभई पार्टीको धारणा भएको भन्दै मेचिदेखि चितवनसम्म मधेश, तराई वा मिथिला प्रदेश एक र चितवनदेखि महाकालीसम्म थरुहट वालुम्बिनी प्रदेश एक गरी मधेशमा दुई प्रदेश हुनुपर्ने धारणा राखे ।

यद्यपि गच्छदारले पूर्वको झापा, सुनसरी, मोरङ्ग र सुदुरपश्चिमको कैलालीकञ्चनपुर र चितवनगरि ६ जिल्लाका सन्दर्भमा उठेको विवादमा पनि आफूहरुले छलफल गरेर निकास खोज्ने स्पष्ट पारे ।

उनले भने–‘ती जिल्लाहरु कुुन–कुनप्रदेशमा पार्ने भन्नेवारेमा पनि विवाद छ, त्यसलाई पनि हामी छलफल गरेर सहमितका साथ अगाडि बढ्न सक्छौं । ६ जिल्लामा पनि सबै जातजाती बस्ने भएको हुनाले उनीहरुको भावनालाई समेत सम्मान गरेर प्रदेशको निर्माण गर्नुपर्छ । प्रदेशको सिंमाकन र नामांकन विवादको विषय हो, त्यसमा कुरा मिल्ने वित्तिकै कुनै समस्या हुँदैन ।’
संबाद समितिमा रहेको गतिरोध सहमतिमा हटेको उल्लेख गर्दै गच्छदारले अब सहमतिमै माघ ८ गते संविधानजारी हुने बातावरण बनेको बताए ।


  •  
  •  
  •