प्रदेशको नाम र राजधानी तय भएको खुसीयालीमा ‘मधेश प्रदेश’मा आज बिदा

179
  •  
  •  
  •  

काठमाडौं । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सफल भएको खुसियालीमा मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सभा बैठकले सोमबार नाम र राजधानी तय गरेको खुसीयालीमा प्रदेश सरकारले मंगलबार बिदा दिने निर्णय गरेको हो ।

सोमबारको बैठकले मतदानबाट प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम कायम गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रदेशको नाम र राजधानी तय भएको स्वागतमा प्रदेशका विभिन्न स्थानमा दिप प्रज्वलन लगायतका कार्यक्रम गरिएका छन् । वीरगञ्जलाई राजधानी नबनाएको विरोधमा पर्सामा भने विरोध प्रदर्शन भएको छ । यसअघि प्रदेशको नाम र राजधानी तय गर्न भएको मतदानमा दुई तिहाइ पुगेको थिएन ।


  •  
  •  
  •