प्रदेश २ को नाम ‘मधेस’ राख्ने प्रस्ताव पारित

178
  •  
  •  
  •  

काठमाडौं । प्रदेश २ को नाम ‘मधेस’ रहने भएको छ । सोमबार प्रदेश सभामा भएको गोप्य मतदानले प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्ताव पारित गरेको हो।

हाल कायम रहेका ९९ सांसदमध्ये ८० जनाले प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए । सोमबार नै प्रदेशको राजधानी जनकपुर राख्ने निर्णय भइसकेको छ ।

सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेको हो । प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो ।


  •  
  •  
  •