माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पार्टी सङ्गठनबारेमा छलफल हुने

86
  •  
  •  
  •  


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी सङ्गठनबारेमा छलफल हुने नेता देव गुरुङले जानकारी दिए ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता तथा नयाँ समीकरणका बारेमा पनि छलफल हुनेछ । अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता भङ्ग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्र नयाँ सरकार बनाउने कसरतमा जुटेको छ ।


  •  
  •  
  •