माधव नेपालको वडामा एमालेको ‘क्लिन स्विप’

189
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ को अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली विजयी भएका छन् । पराजुली तेस्रो पटक वडाध्यक्ष बनेका हुन् । वडाध्यक्षसहित एमालेले महिला सदस्य, दलित महिला सदस्य तथा सदस्य पनि जितेको छ ।

काठमाडौं महानगरको जारी मतगणनामा वडा नं. ३२ को परिणामअनुसार पराजुली ५ हजार २ सय २५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ हजार १०८ मत पाइन् । पराजुलीले नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेललाई पराजित गरे । उनी ०५४ मा पनि वडाध्यक्ष भएका थिए । ०७४ को निर्वाचनमा पनि उनी नेकपा एमालेबाटै उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

महिला सदस्यमा हिरादेवी पोखरेल ५४ सय ८९ मत, दलित महिला सदस्यमा सिता विशुंखे ५२ सय ३५ मत तथा सदस्यमा भगवान बुढाथोकी ४४ सय ७१ र हरिबहादुर बस्नेत ४३१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद गजुरेलले ११६२, नेकपा माओवादी केन्द्रका राम भारतीले ११९ र विवेकशील साझा पार्टीका रवि रिमालले १५४ मत पाएका छन् ।


  •  
  •  
  •