नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकः माधव नेपालको राजनीतिक प्रतिवेदन पारित

75
  •  
  •  
  •  


काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ। बुधबारको बैठकले प्रतिवेदन पारित गरेको हो ।मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले १२ पृष्ठको प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदनमाथि छलफलका लागि पाँचवटा समूह बनाइएको थियो। समूह छलफलको नेतृत्व समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेश राईले गरेका थिए।
यसैबीच नेकपा एकीकृत समाजवादीले बिहीबार महासचिव चयन गर्ने भएको छ ।
बैठकमा महासचिव चयन गर्ने एजेन्डा प्रवेश पाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहेनन् ।
बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । बिहीबारको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो पनि टुंगो लगाउने तयारी छ ।

 

 

 


  •  
  •  
  •