ओली कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताका मान्छे हुन्: नेपाल

42
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् ।
काठमाडौंको पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पुर्‍याउनुभएको छ । सुन्दैछु, २५०० पुर्‍याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पुर्‍याउने होला । उहाँको सडकछाप पार्टीमा को(को छन् हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ । त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ ।’

केपी ओली झुक्न, विनम्र र शिष्ट हुन नसक्ने भन्दै नेता नेपालले पदमा पुगेपछि ओलीमा निरंकुशता बढ्दै गएको आरोप लगाए । ओली ध्वंशकारी मानिस भएको आरोप उनले लगाए । कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताको मानिस भएको उनको आरोप छ ।

केपी ओलीमा संविधान र पार्टी विधानको ज्ञान नभएको पनि नेपालले बताए । केपी ओलीले गुटमा विश्वास गर्ने तर विधि र पद्धतिमा विश्वास नगर्ने नेपालको दाबी छ ।
मदन भण्डारी फाउन्डेनशनको नाममा केपी ओलीले राजनीति गरेको पनि नेपालको आरोप छ ।


  •  
  •  
  •