ओलीलाई नेपालको आग्रह, ‘बिराएको बाटोबाट फर्कनुस्’

39
  •  
  •  
  •  


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिराएको बाटोबाट फर्कन आग्रह गरेका छन् । पार्टीका प्रचण्ड–नेपाल समूहको पोखरामा आयोजित वृहद कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपालले ओलीलाई सच्चिन आग्रह गरे उनले भने, ‘केपी ओलीजीले बाटो बिराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ । यदि गल्ती स्वीकार गर्नुहुन्न भने । संविधानमा यति ठूलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन । अहिले नै सच्चिनुस् । गल्ती स्वीकार गर्नुस् । प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस् ।’
वामदेव गौतम ओलीलाई सुधार्न लागिपरेको बताउँदै उनलाई आफूले बालुवा पेलेर तेल ननिस्ने जवाफ दिएको बताए । केपी ओलीमा इमानदारी नभएको पनि अध्यक्ष नेपालले बताए । नेपालले ओलीमा कम्युनिस्ट आचरण नभएको दाबीसमेत गरे ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here