ओलीको निरङ्कुश कदमले देशमा अस्थिरता निम्तियोः माधव नेपाल

732
  •  
  •  
  •  

 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरङ्कुश कदमले देशमा अस्थिरता निम्त्याएको बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले ओलीमा अहंकार र व्यक्तिवाद हावी भएको र अनुशासन नभएको बताए ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कार्य उचित नभएको भन्दै संविधान विरोधी उक्त कदम स्वीकार्य नहुने पनि अध्यक्ष नेपालले बताए ।

आमसभामा बोल्दै नेता नेपालले २०६२/०६३ को जनआन्दोलनलाई ओलीले खिसिट्यूरी गरेको समेत स्मरण गरे। उनले ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने ओलीलाई गणतन्त्रप्रति अपनत्व नभएको जिकिर गरे। उनले आफूहरुले केपी ओली सच्चिएर आउने आशा गरेको बताए।

 

 


  •  
  •  
  •