माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट

155
  •  
  •  
  •  

काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता  तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । उनी श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित  कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए।

विहीबार वरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको थियो ।


भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्धविस्तारमा जोड दिइएको थियो । लामो समय द्वन्द्वभोगेकादुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गरेका थिए।

भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूतडा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो ।  असार २३ गते कोलम्बो प्रस्थानगर्नुभएका बरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।


  •  
  •  
  •