नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी गठन

77
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी गठन भएको छ।
स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। यस्त्ै पार्टीको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ।
भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्।

त्यस्तै एकीकृत समाजवादीले सातै प्रदेशका इन्चार्ज समेत तोकेको छ।

प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्मनाथ शाह, वागमती प्रदेशको इन्चार्ज केदार न्यौपाने र गण्डकी प्रदेशको इन्चार्ज केशवलाल श्रेष्ठ रहेका छन् ।
लुम्बिनी प्रदेशको इन्चार्ज भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला, उपत्यकामा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्ज विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा तोकिएका छन्। त्यस्तै प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद शाह रहेका छन् ।


  •  
  •  
  •