भट्टराईका कारण संविधानसभामा तोडफोड : नेता नेपाल

74
  •  
  •  
  •  

madhavकाठमाडौ, ८ माघ (ओएनएस) : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभालाई अनिर्णयको बन्दी बनाउने संवाद समितिका सभापति डा.बाबुराम भट्टराई भएको उल्लेख गर्दै संविधानसभामा भएको आक्रमणको लागि उकास्ने पनि उनै भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै नेपालले भने –‘ भट्टराईले आक्रमणको लागि उकासेका हुन । यो योजनाबद्ध आक्रमण निन्दनीय छ । ’ भट्टराईले सहमति जुटाउने समितिको सभापति भन्दा पनि पार्टीको कार्यकर्ताको रुपमा काम गरेकोले संविधान बन्न नसकेको भन्दै असफल भईसकेका सभापति भट्टराईले पद त्याग्नु पर्ने नेता नेपालले माग गरे ।

उनले एमाओवादी लोकतान्त्रिक भएपछि मात्रै संवाद हुन सक्ने स्पष्ट पारे । एमाओवादीमा प्रधानमन्त्री, मन्त्री भएर सरकार चलाएपनि अझै लोकतान्त्रिक संस्कार आउनन सकी यूद्धको धङ्गधङ्गी कायम रहेको छ । त्यो छाडेर लोकतान्त्रिक सस्कारमा नआएसम्म संवाद तथा वार्ता हुनै सक्दैन । ’

आजको संविधानसभाले प्रश्नावली समिति अघि बढाएर संविधान निर्माणको प्रक्रिया सुरु दाबी गर्दै नेपालले भने ‘ आज प्रश्नावली समिति बन्छ र त्यसमा एमाओवादीले संख्या र प्रतिशतको आधारमा प्रतिनिधित्व पाउँछ, आज एउटा ठोस निश्कर्षमा हामी पुग्नै पर्छ ।’

उनले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार असक्षम भएपनि संविधान नबने सम्म यही सरकार कायम रहने स्पष्ट पार्दै काग्रेस र एमाले मिलेर अघि बढ्ने स्पष्ट पारे । माघ ८ गते संविधान बनाउन नसकेको कारण प्रष्ट भएको भन्दै एमाओवादीको समयसीमा मिच्ने प्रबृत्ति हावी भएको कारण सहमतिको प्रक्रिया लम्बिएको समेत स्पष्ट पारे ।


  •  
  •  
  •