मदन पुरस्कारका लागि ७ वटा पुस्तक छानिए

98
  •  
  •  
  •  

काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ वटा पुस्तक (कृति) मनोनयन भएका छन् ।

मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका सात ओटा कृतिको नाम सार्वजनिक गरेको छ ।
प्राप्त भएका २५७ कृतिहरुबाट उत्कृष्ट सात कृति छानिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मनोनयनमा परेका कृतिहरुमा सानु शर्माको ‘एकादेशमाु’ बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पातु’ कुमार नगरकोटीको ‘ज्ञ’ र छुदेन काविमोको ‘फातसुङ’ रहेका छन् ।

त्यस्तै महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र धुव्र सापकोटाको ‘विचारको लाश’ उत्कृष्ट सातमा अटाएका छन् ।

मनोनयनमा परेका यी सात वटा कृतिमध्ये एकलाई २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।


  •  
  •  
  •