मदन पुरस्कार प्राप्त कृति ‘खलंगामा हमला’ को रचनागर्भ

858
  •  
  •  
  •  

सम्झना गैरे

IMG_9651काठमाडौं, ३१ भदौ (ओएनएस) : हेर्दा लाग्छ,के यि तिनै राधा पौडेल हुन् जसको कृतिले मदनपुरस्कार पायो । अत्यन्त सरल, अनुहारमा घमण्डको भाव छैन । बस् मुहारमा प्राकृतिक उर्जा छ । कृतिमताले छुनसम्म पाएको छैन । एक नर्समा सेवाभाव हुनु उसको व्यवसायिक धर्म हो, तर धर्म जव सेवामा परिणत हुन्छ, मान्छे आफूलाई बिर्सेर लाग्छ, समाजसेवामा । त्यस्तै पात्र माध्ये एक हुन्, राधा पौडेल ।

आउटलाइन मिडिया र एक्सन वर्क नेपालले संयुक्त रुपमा राधा पौडेललाई सम्मान गर्ने कार्यक्रमको आयोजना गर्यो । विजेतालाई उचित स्थान दिनु संसारकै रित हो, तर राधाले आफूलाई अरुभन्दा फरक बनाइन् । त्यो माहोलमा उनको उपस्थिती देख्दा लाग्यो, उनी सबैभन्दा अगाडि होइन सबैका साथमा रमाउछिन् । उनै राधाले ओएनएससँग यसरी खोलिन् पुस्तकको रचनागर्भ ।

IMG_9607
Photo by Kabin Adhikari

२०५९ साल कात्तिक २८ गतेको घटना सम्पुर्ण जुम्लाबासीका लागि कहिल्यै नबिर्सने घाउ बन्यो । माओवादीले जुम्ला आक्रमण गर्यो । त्यो भन्दा पहिला पनि धेरै आक्रमण गरेको थियो । तर, त्यो चाँही भीषण आक्रमण थियो ।

अधिल्लो दिन मसंग यसरी नै बैठकमा तीन घण्टा अगाडिसम्म बस्नु भएका मेरा साथीहरु सिडियो डिएसपी र अन्य साथीहरु त्यो आक्रमणमा परि वित्नु भयो । आक्रमणको रात लाग्ने हो कि भनेर अर्को कोठामा गए ।

अब मरियो, मरिन्छ भनेर सबैकुरा विर्सिएपछि बाँचेको हो । भोली पल्ट कफ्र्यु लागि रहेको अवस्थामा, गोली बारुद रहेकै अवस्थामा म बाहिर गए । म युद्धको खाटा हेर्न बाहिर निस्किए । अरुपनि हुनुहुन्थ्यो । हामी सबैको लास जम्मा गर्दै थियौं । त्यसमा माओवादीको पनि थियो ।

म अहिलेसम्म कुनै पनि राजनीतिक दलसँग आबद्ध भएको छैन् । र मैले लेखेको माओवादीको बारेमा पनि होइन । मैले मेरो अनुभुति लेखेको हो । त्यसलाई मानिसले कसरी विष्लेशण गर्छ त्यो उनीहरुको कुरा हो ।

त्यो शव खोज्ने बेलामा अरुको त पाइयो तर डिएसपी विजय घिमिरेको भने शव पाइएन् । एउटा घरमा बमल पड्किएको थियो । त्यो घरमा एउटा कालो बस्तु देखा पर्यो । त्यो कालो बस्तु नै डिएसपीको कुनै अंग हो भनेर त्यसलाई नै अन्तिम संस्कार सार गरियो ।
त्यो घटनाले मभित्र धेरै प्रश्न जन्मायो । जुम्ला आक्रमणपछि सर्वसाधारणमध्ये सबैभन्दा पछि जुम्ला छोडेर आउने व्यक्ति म हो ।

आक्रमणको तेस्रो दिनमा चार्टर गरेको हेलिकोप्टरबाट म काठमाडौं आए । म काठमाडौं आएपछि मलाई अफिसले जागिर छोड्न, कुनै उपचार गर्न अर्थात म जे चाहन्थे त्यही कुरा गर्न तयार रहेको जानकारी गरायो ।

मैले माओवादी समस्या जुम्लामा मात्र नभएर पुरै देशभरी नै रहेको छ । यो मेरो मात्रै समस्या होइन सबैको समस्या हो भनेर मैले पुन जुम्ला जाने कुरा गरे । र केही समयपछि म पुनः जुम्ला गए । जुम्ला फर्कने सर्वसाधारण पनि सबैभन्दा पहिला म नै हो । जुम्लामा त्यो बेला भर्खरै अस्पताल खुलेको थियो । जुम्ला पुग्ने बित्तिकै होटल नगएर म डिएसपीको लास भेटेको ठाउँमा गएर उभ्भिए । त्यहाँ मेरो अन्तरमनले मलाई धेरै प्रश्न सोध्यो ।

आखिर यत्रो द्धन्द्ध भयो के बास्तिविक नेपालीले न्याय पाए त ? नेपालमा साच्चै शान्ति फर्कने हो त ? यूवा र महिलाले समेत बन्धुक उठाए के त्यो उनीहरुको रहर थियो या बास्तबिकता ? यस्ता प्रश्नले मलाई स्तब्ध बनायो ।त्यतिबेला मलाई लाग्यो म अदालतको इजलासमा छु । लडाइको म साक्षी बसेको छु । र साक्षीले जहिले पनि सत्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्नेमा म सचेत थिए ।

मैले यो घटना बिर्सन सक्छु । बुढो हुन सक्छु । मर्न सक्छु तसर्थ यो भोगाइलाई आजै लेख्नुपर्छ भन्ने लागेर मैले लेख्न थाले । करिव तीन दिनमा मैले त्यो दर्दनाक घटना अरुसँग साट्न नपाउदा कपि र कलमको माध्यमबाट पोखे ।

खलंगामा हमला बास्तबमा मैले त्यतीबेला सादा कपिमा उतारेको हुबहुनै छ । पछि प्रकाशित हुने बेलामा मेरी आमा बित्नुभएकाले उँहाको प्रसंग जोडेको छु । साथमा एक्सन वोर्क नेपालमा जोडिएकाले केही प्रसंग सँस्थाको पनि छ ।

मदनपुरस्कार जितेको खबर एक्कासी थाहा पाउदा

 केही पुस्तक किन्ने रहरमा भाईसँग भृकुटीमण्डप पुगेको थिए । एक्कासी मदनपुरस्कार पाएको जानकारी पाए । एकछिन त अचम्म लाग्यो । मैले यो किताब पुरस्कार पाउछु भनेर, नेपाली साहित्यमा कुनै योगदान पुर्याउन सक्ने लोभमा तयार पारेको भने बिल्कुल होइन । मैले पिडित समाजका लागि यो पुस्तक तयार पारेको हु ।

म त बास्तबिकलाई बाहिर ल्याउने माध्यम मात्र बनेको हु । बास्तवमा मदनपुरस्कार दुर्गममा बसेका अन्यायमा परेका सम्पूर्ण नेपालीले प्राप्त गर्नुभएको हो । जुम्लामा बस्ने सम्पुर्ण नेपालीको सबाल पहिचान भएकोमा खुसी लागेको छ ।

IMG_9605

मैले साहित्यमा योगदान पुर्याउनका लागि यो पुस्तक रचेकै होइन । बच्चै देखि लेख्न मन पथ्र्याेर्थे । कति कथा कविता लेखियो । कति पानीमा भिजेर हराए । कति थन्काउन नसकेर हराए । तरपनि लेख्ने र पढ्ने यात्रा जारी नै राखेको थिए ।

यो पुस्तकको पनि टाइपिङ प्रति मैले हराएको थिए । संयोगले हस्तलिखित बाँकी रहेकाले यसैलाई पुस्तककार गरेको हु । अझैपनि केही कथा व्यथालाई कोर्दै छु ।

हेरौ ती पुस्तकका रुपमा आउन पनि सक्छन । नआउन पनि सक्छ । यो प्रकाशन भएको पहिलो पुस्तक हो मेरो । तर लेख रचनामा निरन्तर कलम चलाएदै आएको छु । हेरौ भोलीका दिनमा पनि लेख्ने यात्रा जारी रहन सक्छ ।


  •  
  •  
  •