मदन पुरस्कार राधा पौडेलको ‘खलंगामा हमला’लाई

371
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) : २०७० सालको मदन पुरस्कार राधा पौडेलको ‘‘खलंगामा हमला’लाई र जगदम्बा–श्री पुरस्कार शिव रेग्मीलाई दिने घोषणा भएको मदन पुरस्कार गुठीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको जागिरका क्रममा जुम्लामा रहेका बेला माओवादीले सदरमुकाम खलंगामा आक्रमण गरेको प्रत्यक्ष देखेकी राधा पौडेलले त्यसबेला आफूले देखेका र भोगेका विषयहरु पुस्तकमा समेटेकी छन् ।

पुरस्कार विजेता लेखक राधा पौडेलले ओएनएससँगको कुराकानीमा यो पुस्तकलाई मदन पुरस्कार दिएर खलंगा आक्रमणमा दिवंगत भएकाहरूप्रति न्याय भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मैले यो पुस्तक खलंगामा ज्यान गुमाएकाहरुप्रति समर्पण गरेकी थिएँ,  आज उहाँहरुले न्याय पाएको महशुस गरेको छु ।’ उनले आफ्नो पुस्तकले नेपालको शान्ति प्रक्रियामा यो पुस्तकले सकरात्मक योगदान दिएको प्रतिक्रिया दिइएन् ।

शिव रेग्मीलाई साहित्यिक पत्रकारिताको अन्वेषणमा योगदान गरेवापत जगदम्बा–श्री पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ । गुठीको शनिबार बसेको साधारणसभाको बैठकले उक्त निर्णय गरेको हो ।

दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ छ । मदन पुरस्कार कृतिका लागि प्रदान गरिन्छ भने जगदम्बाश्री व्यक्ति रसंस्थालाई प्रदान गरिन्छ।


  •  
  •  
  •