निगममा व्यापक सुधार : अध्यक्ष खरेल

69
  •  
  •  
  •  

काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले नियमले सेवामा सुधार र खर्चमा कटौती भएको दाबी गरेका छन् ।

कार्यकाल सम्हालेको १ वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष खरेलले निगममा पछिल्लो एक वर्षमा व्यापक सुधार आएको बताए ।

निगमले अहिले प्रविधिको उच्चतम प्रयोग गरेर खर्च व्यापक बढाएको उनको दाबी छ । नेपाल एअरलाइन्स पछिल्लो वर्ष ५ वटा भीभीआइपी उडानको लागि प्रयोग भएको, जापानको नारितामा चार्टर्ड फ्लाइट भएको, पाइलटको संख्या थपेको, २ वटा सर्भिस बस ल्याएको, ४ वटा ¥याम्प बस आउँदै गरेको उनको भनाइ छ ।

यस्तै जहाज उडिसकेपछि पनि २४ घन्टा नै निगरानीको लागि एमसीसी र ओसीसी प्रविधि अपनाएको उनले दावी छ । यस्तै जापान उडानलाई लक्षित गरेर विमानस्थलमा हेल्प डेस्क राखेको ,आन्तरिकतर्फ ट्रंक रुटमा अनलाइन टिकट सुरु भएको पनि अध्यक्ष खरेलले बताए ।


  •  
  •  
  •