मदन भण्डारीको सिद्धान्त अझै पनि समसामयिक : प्रधानमन्त्री

301
  •  
  •  
  •  

काठमाडौँ, ३ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को सिद्धानत अझै पनि समसामयीक रहेको बताएका छन् ।

मदन-आश्रतिको २३ औं स्मृति दिवसका अवसरमा बल्खुस्थित मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त अहिले पनि कम्युनिष्ट आन्दोलनको आधार रहेको भन्दै एमाल र आफूले पनि यसलाई पछ्याइरहेको बताएका छन् ।

सो अवसरमा उनले मदन भण्डारी र जीवराज आश्रीतको दुर्घटना नभएर हत्या भएको बताउँदै एमाले यसमा स्पष्ट रहेको समेत बताए । उनले उक्त घटनाको छानविन गरिने बताउँदै प्रमाणहरूको अध्ययन गर्ने र अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।

उनले यही जेठ ७ गतेदेखि भूकम्पपछिको पुनःनिर्माणका लागि स्वयम्सेवक परिचालन प्रारम्भ गर्ने भएकाले त्यसमा सामेल हुन आन्दोलनकारीलाई पनि आह्वान गरेका छन् ।

यस्तै, उनले मधेसी लगायतका दलहरूले गरेको आन्दोलनको कुनै उदेश्य र गन्तव्य नभएको बताएका छन् । जनता भूकम्पका कारण आहत भएका बेला गरिएको आन्दोलनले जनता खुसी नहुने भन्दै पुनर्निर्माणका लागि ७ गतेदेखि काम गर्दैछौँ, सो कार्यमा मिलेर काम गरेर जनताको हित गर्नुपर्ने उनको भनाई थियो ।

विसं २०५० जेठ ३ मा चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । उनीहरुको निधनको दिनलाई एमालेले देशभर विभिन्न कार्यक्रमसहित स्मरण गर्दै आएको छ ।


  •  
  •  
  •