आज २३औं मदन–स्मृति दिवस

1703
  •  
  •  
  •  

Madan-Bhandari-Jibraj-Ashritकाठमाडौँ, ३ जेठ(ओएनएस) : आज २३ औं मदन–आश्रित स्मृति दिवस, नेकपा एमालेले विभिन्न कार्यक्रमको आयोजना गरि मदन-आश्रितलाई सम्झँदैछ ।

२०५० सालमा आजकै दिन अर्थात् जेठ ३ गते जीप दुर्घटनामा निधन भएका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

आज पनि बिहान पुरानो केन्द्रीय कार्यालय बल्खुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘माल्र्यापण तथा श्रद्धाञ्जली’ र दिउँसो १२ बजेपछि राष्ट्रिय नाचघर जमलमा विचार ‘गोष्ठी’ आयोजना गरिएको एमालेले जनाएको छ ।

जनताको बहुदलीय जनवादका व्याख्याता जननेता भण्डारी र आश्रितको चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको हो । जीवराज आश्रितको मृत अवस्थामा गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि मात्र शव भेटिएको थियो ।

घटनाको छानबिन गर्न विभिन्न आयोगहरू बनेपनि यथार्थ अहिलेसम्म बाहिर आउन सकेको छैन ।


  •  
  •  
  •