माछापुच्छ्रे बैंकको डेपुटी महाप्रबन्धकमा शर्मा

211
  •  
  •  
  •  

 काठमाडौं, २ मंसिर (ओएनएस) :  माछापुच्छ्रे बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा डेपुटी महाप्रबन्धकमा सुमन शर्मा नियुक्त भएका छन् ।
शर्मा बैंकको माथिल्लो व्यवस्थापनको दोस्रो दर्जा (सेकेन्ड म्यान) का रुपमा शर्मालाई नियुक्त भएका हुन् ।

शर्माले मंसिर ८ गतेबाट माछापुच्छ्रेमा आफ्नो कार्यभार सम्हाल्ने बैंकले जानकारी दिएको छ । उनी यसअघि एनएमबी बैंकको सहायक महाप्रबन्धक थिए । माछापुच्छ्रे बैंकबाट विजयवहादुर श्रेष्ठले छाडेर एनडिइपी डेभलपमेन्ट बैंकमा गएपछि शर्मालाई नियुक्त गरिएको हो ।
शर्माको बैंंकिङ क्षेत्रमा १७ बर्षको अनुभव छ । उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।


  •  
  •  
  •