काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन)बैंकका ग्राहकहरुलाई छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलकोखाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५% सम्म छुट पाउनेछन् । बैंककाग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिलभुक्तानी गर्दा पाउन सक्नेछन् ।
यसैगरि माछापुच्छ्रे बैंकले आफ्नाग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लव हिमालयन प्रा. लि.सँग पनि सम्झौता गरेको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहक महानुभावहरुले क्लव हिमालयन प्रा.लि.फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्तगर्न सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौतागरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदानगर्दै आएको छ । बैंकले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु१३३ शाखारहित बैकिङ्ग सेवातथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा२९३ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पूर्ण बैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै,बैंकको देशभर १९८वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।