भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने

69
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडपर्वको समयलाई लक्षित गरि यहि असोज १२ गते देखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि. का १६० शाखा, १३३ शाखारहित बैंकिङ सेवालगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु,१३३ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जालतथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।


  •  
  •  
  •