माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

229
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपीएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको छ ।

कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम विद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने गरि भएको सम्झौतापत्रमा माछापुच्छ्रे बैंक बैंक लि. का नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपीएस अनलाईन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचय कोषको आइकन माक्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १ सय ५९ वटा शाखाहरु, १ सय ३४ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २ सय ९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।


  •  
  •  
  •