म्याच फिक्सिङको आरोप लागेका तत्कालीन कप्तानसहित ६ जनाले पाए सफाइ

260
  •  
  •  
  •  

काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोप लागेका नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनालाई सफाइ दिएको छ ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङ(खेल मिलेमतो) को आरोप लागेको थियो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो ।

सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो ।

यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो । तर, सरकारी पक्षले उक्त फैसलाविरुद्ध २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो ।


  •  
  •  
  •