माछापुच्छ्रे बैंकको दार्चुलामा नयाँ शाखा सञ्चालमा

721
  •  
  •  
  •  

काठमाडौं, ३० पुस(ओएनएस) : माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलाको अपि हिमाल र ब्याँसमा शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ ।

बैंकले आइतबार दार्चुलाको अपि हिमाल गाउँपालिका स्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाउँपालिकास्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।  यस अघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु थिएनन् ।

अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा उपस्थिति जनाउने पहिलो बैंक माछापुच्छ्रे बन्न सफल भएको छ ।

नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १ सय ४४ स्थानबाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १ सय ११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


  •  
  •  
  •