माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

35
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाखथान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

बैंकको वार्षिक १०.२५%व्याजदर सहितप्रति ऋणपत्ररु.१,००० कायम भएका उक्त ऋणपत्र बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।

ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथानेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् ।

सूचिकरण पछि १० वर्षमा सावाँ फिर्ताहुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्पmत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

माछापुच्छ्रे बैंक लि. पुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा२८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरीरहेको छ ।


  •  
  •  
  •