माछापुच्छ्रे बैंकले गर्‍यो अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने सम्झौता

288
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) : माछापुच्छ्रे बैंक लिमिटेडले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने सम्झौता गरेकाे छ। बैंकले अमेरिकाको न्यू योर्क स्थित वाल स्ट्रिट फाइनन्स एलएलसिबिच रेमिट्यान्स भित्र्याउने सम्झौता गरेकाे हाे ।

सम्झौतापत्रमा बैंकका तर्फबाट कायममुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफकम्प्लाइन्स कालि आनालक्ष्मानानले संयुक्त रुपमा हस्ताक्षर गरे।

यो सम्झौतासंगै अमेरिका स्थितनेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट फाइनान्स मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरुमार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैँकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराई सम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानु भावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।


  •  
  •  
  •