माछापुच्छ्रे बैंकको १४ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

751
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : माछापुच्छ्रे बैंकको १४ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा एकैपटक सञ्चालनमा ल्याएको छ ।

 

बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङमा १ गरी कुल १४ वटा स्थानमा शाखारहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको हो ।

बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ सेवा केन्द«हरु मार्फत अत्याधुनिक बैंकिङ सेवा पुर्याइरहेको छ ।

यो सहित माछापुच्छ्रे बैंकको १४ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित साे शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानि, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९७ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १९७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १ सय २१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


  •  
  •  
  •