माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो ‘एक व्यक्ति एक खाता योजना’

381
  •  
  •  
  •  

काठमाडौं । नयाँ वर्षसँगै माछापुच्छ्रे बैंकले ‘एक व्यक्ति एक खाता योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको हो ।

बैंकले कुनै पनि बैंक वा वित्तिय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना जारी गरेको जनाएको छ ।
खाता खोलेबापत बैंकले खातामा एक सय रुपैयाँ जम्मा गरिदिने छ ।

नेपाल सरकारले जारी गरेको कुनै पनि फोटोसहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।
५५ आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्रमार्फत खाता खोल्न सकिने छ ।


  •  
  •  
  •