माछापुच्छ्रे बैंकको ८ शाखारहित बैंकिङ सेवा संचालनमा

307
  •  
  •  
  •  

काठमाडौं, १७ चैत(ओएनएस) : माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले कास्कीस्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङमा ८ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ पहूँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ सेवा पु¥याइरहेको छ ।

योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड समेत तुरुन्त उपलब्ध गराएको छ ।


  •  
  •  
  •