माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट

36
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगिता यहि फागुन २ गते देखि ७ गतेसम्म त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुँदैछ ।

  उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउनेछन् । माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे् बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंक लि. का प्रमुखकार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिककामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिताआयोजनागर्न लागेको जानकारी गराए ।


प्रमुखकार्यकारी अधिकृत, शर्माले यो वर्षको माछापुच्छ्रे  बैंक, कर्पोरेट सुपर सिक्स टुनामेन्ट कर्पोरेट क्षेत्रको मात्रनभएर मात्रनभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।

एसएस इभेन्ट्स प्रालिको आयोजनातथा माछापुच्छ्रे बैंक लि.को मुख्य प्रायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा सर्वोकृष्ट हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भीबाईक प्राप्त गर्नेछन् । प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमाहुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

माछापुच्छ्रे  बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवाविकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोर्खावित्त , एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल जीवन बीमा लगायतका २३ कर्पोरेट हाउसहरुले यो वर्षको माछापुच्छ्रे् बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सहभागिता जनाउने छन् ।

सहभागि टोलीलाई विभिन्न समूहमा विभाजित गरिनेछ, प्रत्येक टोलीले आफ्नो समूहमा एक अर्कासँग खेल्नेछ र प्रत्येक समूहकाशीर्ष २ टोलीप्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू प्राइम टाइम्स टेलिभिजन (प्रशारण पार्टनर) बाट प्रत्यक्ष प्रशारण हुनेछन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here