माछापुच्छ्रे बैंकले विदेशबाट पैसा भित्र्यायो

399
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे् बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढी पैसा नेपाल भित्र्याएको छ ।

यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात माछापुच्छ्रे्र बैंकले १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढी पैसा नेपाल भित्र्याएको हो ।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।


  •  
  •  
  •