काठमाडौं । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसंगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्तर्गत किसानहरुले रु.४ लाख सम्मको कृषि कर्जा किसान कार्ड मार्फत प्राप्त गर्नेछन् ।
पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसँग आवद्ध बाँके जिल्लाको खजुरा गाउँपालिका अवस्थित साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ ।
सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्ड मार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।
बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १ सय ४४ वटा शाखाहरु लगायत १ सय ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ८२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण
बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर १ सय ७२ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।