माछापुच्छ्रे बैंकले शुरु गर्‍याे ‘एजुकेसन हब’

62
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।

बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

सो ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने बैंकले जनाएको छ ।  काठमाडौंस्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् भने कर्जाको लागि आवेदन समेत दिन सकिनेछ ।

विद्यार्थीहरुले सोही ‘हब’ बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै पिटिई, आएल्टस, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलई, एसीटी, एसीसीए, अष्टे«लियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तै विद्यार्थीहरुले शाखा मार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् ।

यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।


  •  
  •  
  •