माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसँग आवद्ध

45
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक लि. को सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अब मास्टर कार्ड स्वीकार गर्न मास्टर कार्डको सञ्जालसँग आवद्ध भएको छ ।

विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध भएको हो ।

अब ग्राहकहरुले माछापुच्छ्रे बैंक लि. को १ सय ७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकमभुक्तानी गर्न सक्नेछन् ।

बैंकले छिटैनै आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरु माभीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।

स्थापना कालदेखि नै नयाँ–नयाँप्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

माछापुच्छ्रे बैंक लि. पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २ सय ८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७० वटा एटीएमहरु मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।


  •  
  •  
  •