माछापुच्छ्रे बैंकका शेयरधनीलाई १६ प्रतिशत लाभांश

69
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २१ औँं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७५/७६को वार्षिक प्रतिवेदनपारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशतनगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदानगर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न-गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदानगर्ने निर्णय पनि गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना १४० वटा शाखाहरु र १३०शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २७० स्थानबाट ७ लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेका छन् ।


  •  
  •  
  •