माछापुच्छ्रे बैंक लि.द्वारा रक्तदान कार्यक्रम आयोजना

80
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
‘रक्तदान नै जीवनदान’हो भन्ने मुलनाराका साथ बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

स्थापनाको २० वर्षमा आइपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १२८ शाखा रहित बंैकिङ सेवा समेत गरी जम्मा २६८ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ सुविधाप्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

साथै सबल, उत्कृष्ठ एंवविस्तारित पहिचानबनाएको माछापुच्छ्रे बैंकको १९ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहक वर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभ चिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ठ सेवाप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


  •  
  •  
  •