माछापुच्छ्रे बैंकको शाखा सञ्जाल १३६ पुग्यो

224
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक लि. को शाखा सञ्जाल सातै प्रदेशका १ सय ३६ स्थानमा पुगेको छ । बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लामा १३ शाखा कार्यालयहरुको उद्घाटनसँगै बैकको शाखा १ सय ३६ पुगेको हो ।

बैंकले प्रदेश नम्बर २ को बाराको सिमरा, कलैया र नीजगढ, सर्लाहीको हरिवन, मलंगवा र लालबन्दी, त्यस्तै धनुषाको ढल्केबर, सिराहाको गोलबजार तथा सप्तरीको कन्चनरुपमा गरी ९ वटा शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ ।

यस्तै प्रदेश नं. १ को झापा उर्लाबारी र सुरुङ्गा, उदयपुरको गाईघाट तथा ताप्लेजुङको ताप्लेजुङ बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेको हो ।

उक्त कार्यालयहरुको सम्बन्धित उपमहानरपालिका तथा महानगरपालिकाका स्थानीय जनप्रतनिधि एव‌‌ माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सैँ घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २ सय ५७ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १ सय ५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।


  •  
  •  
  •